• सोमबार, साउन २५ २०८३

चार पाङ्ग्रे सवारी खरिद गर्दा प्यान नम्बर अनिवार्य चाहिने


बिहिबार, भाद्र ३० २०७९
830
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने विभागले जनाएको छ । विभागले प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याएको हो ।

पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान अनिवार्य

चालु आवको बजेटमा उल्लेख भए अनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने नियम समेत कार्यान्वयन गर्न विभागले सूचित गरेको छ ।

चालु आवको बजेटको ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ । पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ । यो प्रावधान कार्यान्वयन गर्ने निकायहरुलाई विभागले सूचित गरेको हो ।

हेर्नुहोस् विभागको सूचनाः

This image has an empty alt attribute; its file name is pan-anibarya-for-four-whell-gadi.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार