• सोमबार, साउन २५ २०८३

‘बेनीको बजार’ गीतका मोडल तथा फिल्म निर्देशक दीपसागरको निधन


बिहिबार, भाद्र ३० २०७९
585
Shares

चर्चित गीत ‘बेनीको बजार’मा अभिनय गरेका मोडल दीपसागर डीसीको सोमबार निधन भएको छ ।

लोकदोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक समेत रहेका उनको ४२ वर्षको उमेरमा काठमाडौंको मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी मिर्गौला तथा मधुमेहको रोगबाट पीडित थिए । स्याङ्जा घर भएका उनले ५० को दशकमा कोरस डान्सरबाट करिअर थालेका थिए ।

डीसीले राजु परियार, बीमाकुमारी दुराजस्ता चर्चित कलाकारका गीतमा समेत मोडलिङ गरेका छन् । ‘बेनीको बजार’ उनले अभिनय गरेको चर्चित गीत हो । उनले ‘पुरानो पुस्ता’ नामक फिचर फिल्म समेत निर्देशन गरेका थिए । डीसीको निधनमा कलाकारहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार