• शुक्रबार, भाद्र २६ २०८३

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


बिहिबार, भाद्र ३० २०७९
650
Shares

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ।

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ।

आज चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार