शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले प्रकाशन गरेको नतिजामा २०.५५ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार १ लाख ५१ हजार ५ सय ६९ ले परीक्षा दिएकोमा ३३ हजार १ सय ५८ जनाले अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण भएका छन्।
आयोगले साउन २८ गते सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजामा प्रदेश १ बाट ३१ हजार ६ सय ८८ जनाले परीक्षा दिएकोमा ६ हजार ४ सय १९ जना उत्तीर्ण भएका छन्।
मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६ सय ५७ जना, बागमती प्रदेशमा २६ हजार २ सय ८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५ सय १९ जना उत्तीर्ण भएका छन्।
यस्तै गण्डकी प्रदेशमा १७ हजार ७६ सहभागी मध्य ३ हजार ७ सय ५१ जना, लुम्बुनी प्रदेशमा ३५ हजार १ सय ७९ सहभागी मध्य ७ हजार ३ सय ५ जना, कर्णाली प्रदेशमा २४ हजार ६ सय १३ सहभागी मध्य ३ हजार २ सय ४४ जना र सूदुरपश्चिम प्रदेशमा २१ हजार ६ सय ५६ सहभागी मध्य ३ हजार २ सय ६३ जना उत्तीर्ण भएका छन्।