• सोमबार, साउन २५ २०८३

गोरखा-आँबुखैरेनी सडकमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यू


बिहिबार, भाद्र ३० २०७९
2.1K
Shares

गोरखा । गोरखा आँबुखैरेनी सडक खण्डमा भएकाे दुर्घटनाका क्रममा एक जनाकाे मृत्यु भएकाे छ । गोरखा नगरपालिका १३ मझुवादेउराली प्रहरी चौकी नजिकै बोलेरो जिप र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हाे ।

हिजाे बुधबार बेलुका करिब ७ बजेकाे आसपासमा भएकाे दुर्घटनामा परि गम्भिर घाईते मोटरसाईकल चालक गोरखा नगरपालिका वडा नम्बर ७ बतासेका १८ वर्षिय आशिष बस्यालको उपचारको क्रममा चितवनमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

गोरखाबाट खैरेनी जाँदै गरेको ग २ च २२९१ नम्बरको बोलेरो जिप र खैरेनीबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटसाईकल एक आपसमा ठाेकिएकाे थियाे । दुर्घटना लगत्तै घाइते भएका माेटरसाइकल चालकलाई उपचारका लागि चितवन लगिएकाे थियाे । उनकाे उपचारका क्रममा मृत्यु भएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार