गोरखा । ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा गोरखामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नारा सहित मनाइएके दिवसमा “हाम्रो बाल मैत्री समाज” भन्ने विषयवस्तुलाई आधार बनाएर चित्रकला प्रतियोगिता भएको हो ।
रुम टु रिडद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमको सहयोग र कार्यक्रम लागु भएका बिधालयहरुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
बालिका शिक्षा कार्यक्रम अन्तर्गत बालिका शिक्षा कार्यक्रम लागु भएका ४ पालिकाहरु गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, भिमशेनथापा गाउँपालिका र सिरानचोक गाउँपालिकाका विद्यालयहरुमा प्रतियोगिता आयोजना भएको बताइएको छ ।
जसमा श्री तारा माद्यामिक विद्यालय, श्री महेन्द्र माद्यामिक विद्यालय, श्री महालक्ष्मी माद्यामिक विद्यालय, श्री सरस्वति माद्यामिक विद्यालय, श्री महेन्द्र ज्योति माद्यामिक विद्यालय, श्री नवज्योति माद्यामिक विद्यालय, श्री मदने डाडा माद्यामिक विद्यालय, श्री अमर ज्योति जनता माद्यामिक विद्यालय, श्री भवानी माद्यामिक विद्यालय रहेका छन् ।

त्यस्तै श्री नवजागृति चन्डि माद्यामिक विद्यालय, श्री दुल्लभ माद्यामिक विद्यालय श्री बिन्द्रावति माद्यामिक विद्यालय, श्री सन्सारि महेन्द्र माद्यामिक विद्यालय र श्री मन्डली माद्यामिक विद्यालय गरि जम्मा १४ वटा विद्यालयहरुमा कक्षा ५ र ६ मा अध्ययनरत ७१३ बालबालिकाको सहभगितामा चित्रकला प्रतियोगिता गरिएको रुम टु रिड गोरखा अन्तर्गत बालिका शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक ज्योति आचार्यले बताइन ।
बालबालिकाहरुमा सिर्जनात्मक क्षमताको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले चित्रकला प्रतियोगिताको आयोजना गरिएको संयोजक आचार्यले बताइन ।
आयोजना गरिएको चित्रकला प्रतियोगितामा प्रत्येक विद्यालयहरुमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने बालबालिकाहरुलाई शैक्षिक सामग्री पुरस्कार स्वरुप प्रदान गरिएको उनले बताइन् ।