गोरखा । गोरखा नगरपालिकालाई राेटरी क्लब अफ गोरखाले ३ थान ह्विलचियर सहयाेग गरेकाे छ । मंगलबार एक कार्यक्रमका विच क्लबले नगरपालिकालाई ह्विल चियर हस्तान्तरण गरेकाे अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।
राेटरी क्लब अफ धुलिखेल र पाेखराकाे समन्वयमा प्राप्त ह्विलचियर गोरखा नगरपालिका क्षेत्रका अपांगता भएका नागरिककाे सहजताका लागि सहयाेग पुर्याउने उदेश्यले प्रदान गरिएकाे क्लबका अध्यक्ष ढकालले बताए ।

ह्विलचियर नगरप्रमुख कृष्ण बहादुर राना मगर, उपप्रमुख सपना पुन र प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाललाई हस्तान्तरण गरिएकाे क्लबले जनाएकाे छ ।
क्लबले यसअघि भिमसेन थापा गाउँपालिका र गोरखा अस्पताललाई समेत ह्विलचियर सहयाेग गरिसकेकाे बताएकाे छ ।