

गोरखा। होस्टलको छतबाट खसेर गोरखाका एक युवकको मृत्यु भएको छ।
ब्रिटिस आर्मीमा जान ट्रेनिङ सेन्टर बस्दै आएका बारपाक सुलिकोट गाँउपालिका ६ का विकेश गुरुङको मृत्यु भएको हो ।

सोमबार काठमाडौंको सामाखुसीमा रहेको क्रिसटल ब्वाइज होस्टलको तेस्रो तल्लाबाट खसेर घाइते भएका गुरुङलाई उपचारको लागी त्रिवि शिक्षण अस्पताल लागिएको थियो । उपचारको क्रममा गुरुङको मृत्यु भएको वडाध्यक्ष बाबुलाल गुरुङले बताए ।
ब्रिटिस गोरखामा जान बिगत एक वर्षदेखि उनी उक्त होस्टलमा बस्दै आएको उनले बताए । घटना बारे थप अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


