• शनिबार, कार्तिक ८ २०८३

जेनेसिस प्रालिले राइड विथ भ्लगर्स कार्यक्रम गर्दै


मंगलबार, भाद्र २८ २०७९
885
Shares

जेनेसिस प्रालि एएन्डएस इभेन्ट्सले पहिलोपटक राइड विथ भ्लगर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

आगामी असोज ३ मा हुने कार्यक्रममा भ्लगरहरु टुह्विल टुरिङका विज्ञ सहभागी हुने कम्पनीले जनाएको छ। 

एफआईएम तथा नेपालको मोटरसाइकल÷मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टुह्विल टुरिङ तथा रोड सेफ्टीको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)सँगको सहकार्यमा कार्यक्रम हुनलागेको हो। 

नेपालमा सामाजिक सञ्जालको लोकप्रियता र प्रभावकारिता बढिरहेको अवस्थामा यसप्रकारको राइडले टु ह्विल टुरिङ र मोटरसाइक्लिङ तथा मोटर स्पोर्ट्सलाई समेत अझ सुरक्षित व्यवस्थित तथा थप लोकप्रिय बनाउन मद्दत पुग्ने जनाइएको छ। 

कार्यक्रमको समयतालिकाअनुसार ३ गते भ्लगरसँग अन्तर्क्रिया, दिउँसो काठमाडौं–मार्खु राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझ भ्लगर्स मिट एन्ड ग्रिट गरिनेछ। 

त्यस्तै नासा नेपालले पर्यटन बोर्डको प्रकाशन गरेको टु ह्विल टुरिङ इन नेपाल म्यानुअल बुकको सार्वजनिक गर्ने समेत कार्यक्रम छ।

साभार : नेपालखबर  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार