• सोमबार, साउन २५ २०८३

जेनेसिस प्रालिले राइड विथ भ्लगर्स कार्यक्रम गर्दै


मंगलबार, भाद्र २८ २०७९
830
Shares

जेनेसिस प्रालि एएन्डएस इभेन्ट्सले पहिलोपटक राइड विथ भ्लगर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

आगामी असोज ३ मा हुने कार्यक्रममा भ्लगरहरु टुह्विल टुरिङका विज्ञ सहभागी हुने कम्पनीले जनाएको छ। 

एफआईएम तथा नेपालको मोटरसाइकल÷मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टुह्विल टुरिङ तथा रोड सेफ्टीको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)सँगको सहकार्यमा कार्यक्रम हुनलागेको हो। 

नेपालमा सामाजिक सञ्जालको लोकप्रियता र प्रभावकारिता बढिरहेको अवस्थामा यसप्रकारको राइडले टु ह्विल टुरिङ र मोटरसाइक्लिङ तथा मोटर स्पोर्ट्सलाई समेत अझ सुरक्षित व्यवस्थित तथा थप लोकप्रिय बनाउन मद्दत पुग्ने जनाइएको छ। 

कार्यक्रमको समयतालिकाअनुसार ३ गते भ्लगरसँग अन्तर्क्रिया, दिउँसो काठमाडौं–मार्खु राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझ भ्लगर्स मिट एन्ड ग्रिट गरिनेछ। 

त्यस्तै नासा नेपालले पर्यटन बोर्डको प्रकाशन गरेको टु ह्विल टुरिङ इन नेपाल म्यानुअल बुकको सार्वजनिक गर्ने समेत कार्यक्रम छ।

साभार : नेपालखबर  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार