• शुक्रबार, भाद्र २६ २०८३

भाइरल ज्वरो बढेपछि विद्यालय बन्द


मंगलबार, भाद्र २८ २०७९
995
Shares

बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन्।

रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए। साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ।

लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ। गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेंगुको पनि परीक्षण गर्ने तयारी गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।

गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय ३ दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर बिकले बताए। स्वास्थ्य समस्याका कारण विद्यालयमा विद्यार्थी अनुपस्थित हुन थालेपछि विद्यालय बन्द गरिएको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार