• सोमबार, साउन २५ २०८३

गोरखामा महिलाको नाममा जग्गा दर्ता गर्नेकाे संख्या बढ्दाे


सोमबार, भाद्र २७ २०७९
970
Shares

सुदिप श्रेष्ठ

गोरखा । जिल्ला मालपोत कार्यालय गोरखामा महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ ।

सरकारले महिला, दलित र बालबालीकाका नाममा घरजग्गा पास गर्दा २५ प्रतिशतसम्म छुट दिन थालेपछि उनीहरूको नाममा घरजग्गा दर्ता हुने क्रम बढेको हो । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजस्वमा छुट दिने व्यवस्था गरेको छ ।

गत आर्थिक बर्ष ०७७ र ०७८ मा १ हजार ४ सय ५६ जना महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गरेबापत जम्मा ६४ लाख ४५ हजार ३२० रुपैया छुट दिइएको छ भने, गत आर्थिक बर्ष २०७८/०७९मा आफ्नो नाममा जग्गा पास गरेका १ हजार ४ सय ८६ जना महिलालाई जम्मा ६६ लाख ६४ हजार ९७९ रुपैया छुट दिइएको जिल्ला मालपोत कार्यालय गोरखाका प्रमुख शिव प्रसाद शर्मा पाैडेलले बताए ।

पुरुषको नाममा भन्दा महिलाको नाममा जग्गा पास गराउदा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था लागु भएकोले महिलाका नाममा पास गराउने क्रम बढ्दै गएको मालपोत प्रमुख पाैडेलले बताए ।

गत आर्थिक बर्ष २०७८/ ०७९ मा १ हजार ४ सय ८६ महिलाको नाममा जग्गा खरिद भएकोमा चालु आर्थिक बर्षको १२ महिनामा शहरी क्षेत्रमा १०३१ र ग्रामीण क्षेत्रका ४५५ महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालय गोरखाले जनाएको छ ।

उनीहरूका नाममा घरजग्गा दर्ता हुँदा शहरी क्षेत्रमा २६ लाख ४ हजार २२ रुपैयाँ र ग्रामीण क्षेत्रमा ९ लाख १७ हजार ४२२ रुपैयाँ राजस्वमा छुट भएको छ । यस्तै ९० जना दलित महिलाको नाममा घरजग्गा दर्ता हुँदा ३ लाख १८ हजार ७४७ रुपैयाँ राजस्वमा छुट भएको छ भने ४ जना नाबालकको नाममा घरजग्गा दर्ता हुँदा २४ हजार ९ सय १८ रुपैयाँ राजस्वमा छुट भएको मालपोत प्रमुख पाैडेलकाे भनाई छ ।

महिलालाई प्राथमिकता दिएर २५ प्रतिशत छुट दिने व्यवस्था गरिए संगै सम्पतीमा महिलाहरुको स्वामित्व बढ्न थालेपछि महिलाहरु पनि खुशी देखिन्छन् । जिल्ला मातपोत कार्यालयले गत आर्थिक बर्षमा ७० लाख ८ हजार ६ सय ४४ रुपैया राजस्व संकलन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार