• शुक्रबार, भाद्र २६ २०८३

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


सोमबार, भाद्र २७ २०७९
940
Shares

नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार एक सय रुपैयाँमा आइपुगेको छ।

सोमबार चाँदीको भाउ भने आइतबारको तुलनामा स्थिर देखिएको छ। चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार