• सोमबार, साउन २५ २०८३

अनुमतिबिना फोटो-भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे ६ महिना जेल


सोमबार, भाद्र २७ २०७९
790
Shares

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

दोहा। साउदी अरबमा अनुमति नलिई फोटो-भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे ६ महिना जेल र ५० लाख रियाल जरिवाना हुने भएको छ।

साउदीमा अनुमति लिएरै खिचिएका फोटो र भिडिओ पनि अनुमति नलिई सामाजिक सञ्जालमा शेयर गर्नेलाई ५ देखि ५० लाख साउदी रियालसम्म जरिवाना हुने भएको हो।

This image has an empty alt attribute; its file name is fancy-Gorkha-final-scaled.jpg

‘साइबर अपराधको साउदी कानुन अन्तर्गत, त्यस्तो गतिविधि गर्नेहरूलाई ५ देखि ५० लाख रियालभन्दा बढी र तीन वर्षको जेल सजाय हुन सक्छ’, कानुन विशेषज्ञ डा. माजेद गरौबले भने, ‘सामाजिक सञ्जालमा ठट्टा पोस्ट गर्नु साउदी अरबमा अपराध हो र यसलाई देशको साइबर अपराध विरोधी कानुनको उल्लङ्घनका रूपमा वर्गीकृत गरिएको छ।’

जुनसुकै उमेर समूहका अपराधीलाई पक्राउ गर्न र जेल सजाय हुनबाट छुट नहुने बताइएको छ। पोस्ट गर्ने र सेयर गर्ने दुवैलाई कारबाही हुनेछ।

हालैका वर्षहरूमा, साउदी प्रहरीले दर्जनौँ व्यक्तिहरूलाई सामाजिक सञ्जालको दुरुपयोग र विभिन्न प्रकारका अनलाइन अपराध गरेको आरोपमा पक्राउ गरिरहेको छ। साउदी सरकारको यो कानुन अनुसार अब त्यहाँ कार्यरत नेपाली कामदारहरू पनि सचेत हुनुपर्ने भएको छ।साउदी अरबमा विभिन्न पेसामा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार