• सोमबार, साउन २५ २०८३

आज गण्डकीसहित ३ प्रदेशमा भारी वर्षाको सम्भावना


सोमबार, भाद्र २७ २०७९
935
Shares

आज गण्डकीसहित ३ प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाे छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ।

महाशाखाले आज बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशभर मौसम बदली रहने भएकाले सम्भावित जोखिमबाट बच्नका लागि पनि आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार