• सोमबार, साउन २५ २०८३

बलात्कार गरेकाे आराेपमा गोरखाबाट नेपाली सेनाका राना पक्राउ


सोमबार, भाद्र २७ २०७९
1.1K
Shares

गोरखा । बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनामा कार्यरत मनबहादुर रानालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बाग्लुङ गलकोट ११ घर भएका रानालाई उत्तरी गोरखाकाे चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट प्रहरीले बालिका बलत्कारकाे आराेपमा नियन्त्रणमा लिएकाे हाे । उनि बेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यदलमा खटिदै आएका थिए ।

रानामाथि चुमनुब्री ३ पामो(सिर्दिबास)की १४ बर्षीया बालिका बलात्कार गरेको आरोप छ ।
गत शनिबार अपरान्ह साँढे पाँचबजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको घटनास्थलमै स्थानीयले अमल्दार रानालाई नियन्त्रणमा लिई पहरी चौकीमा जिम्मा लगाएका थिए ।

रानालाई गएराती जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याइएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार