• सोमबार, साउन २५ २०८३

विपदकाे जाेखिम कम गर्न गोरखाका ३ पालिकाका जनप्रतिनिधी र कर्मचारीलाई तालिम


आइतबार, भाद्र २६ २०७९
1K
Shares

गोरखा । गोरखाका तीन स्थानीय तहमा विपद जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएकाे छ । गोरखाकाे सिरानचाेक, अजिरकाेट र गण्डकी गाउँपालिकामा सम्भावित विपद जोखिम व्यवस्थापन र सुरक्षाका बारे तालिम भएकाे हाे ।

यूएसआइडी/बाह काे सहयाेग अन्तरगत अन्तराष्ट्रिय आप्रवासन संगठन आइओएम मार्फत नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिका महासंघकाे सहकार्यमा गोरखाका ३ पालिकामा तालिम भएकाे हाे ।

हरेक पालिकामा २ दिन सञ्चालन गरिएकाे तालिमलाई भूकम्प प्रविधी राष्ट्रिय समाज नेपाल, लुथरन वल्ड फेडेरेसन र प्राक्टिक एक्सन कन्सल्टेन्टले सञ्चालन गरेकाे थियाे ।

गोरखाकाे गण्डकी गाउँपालिकामा भएकाे तालिमकाे तस्विर ।

३ वटै पालिकामा फरक फरक दिन सञ्चालन गरिएकाे तालिमलाई गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेत प्रसाद अम्गाई र एनसेटका प्रतिनिधी नरेश ओझाले सहजीकरण गरेका थिए ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिकाका सदस्य साथै पालिकाका विभिन्न शाखा प्रमुखहरुकाे सहभागितामा सञ्चालन गरिएकाे तालिम सिरानचाेक गाउँपालिकामा गत भदाै १९ र २० गते, अजिरकाेटमा भदाै २१ र २२ त्यस्तै गण्डकी गाउँपालिकामा २३ र २४ गते सञ्चालन गरिएकाे सहजकर्ता चेतप्रसाद अम्गाईले जानकारी दिए ।

सिरानचाेक गाउँपालिकामा भएकाे तालिमकाे तस्विर ।

तालिमका क्रममा सम्भावित विपदका प्रकार, विपदकाे अवस्था, पूर्वानुमान, सम्भावित विपदका संकेत तथा त्यसबाट जाेगिन अपनाउनुपर्ने उपाय, सुरक्षाकाे मापदण्डका बारे प्रशिक्षण गराइएकाे थियाे ।

त्यस्तै विपद जोखिम न्युनिकरण व्यवस्थापन, प्रतिकार्य, पुनर्लाभ, पुनः निर्माण, पुन:स्थापना लगायत जोखिमको व्यवस्थापनका सम्पुर्ण चरणमा स्थानीय तहको भुमिकाका बारे छलफल, अन्तरकृया, समुहकार्य लगायतका माध्यमबाट सहभागीलाई क्षमता अभिवृद्धि गराइएकाे अम्गाईले जानकारी दिए ।

अजिरकाेट गाउँपालिकामा भएकाे तालिमकाे तस्विर ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार