• सोमबार, साउन २५ २०८३

गण्डकी प्रदेशको मन्त्रिपरिषद कार्यालयबाट ५ कर्मचारी पक्राउ


आइतबार, भाद्र २६ २०७९
995
Shares

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका ५ कर्मचारी पक्राउ परेका छन् ।

सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा स्थानीय तहका निजामती कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।

साथै सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि तिन पाँन जना कर्मचारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिना लगायत ५ रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार