• सोमबार, साउन २५ २०८३

नेपाल शिक्षक महासंघ गोरखाको अध्यक्षमा मरहट्टा


आइतबार, भाद्र २६ २०७९
1.2K
Shares

गोरखा । नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा गोपाल बाबु मरहट्टा चयन भएका छन् ।

जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार बसेको बैठकले मरहट्टालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि अध्यक्ष रहेका ध्रुव भट्टले उमेर हद म्यादका कारण शिक्षण पेशाबाट अवकाश लिएपछि अध्यक्ष पद रिक्त रहेको समिति सह–अध्यक्ष राजनबाबु कट्टेलले बताए । सोही रिक्त पदमा मरहट्टालाई मनोनित गरिएको उनले बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका बरिष्ठ उपाध्यक्ष समेत रहेका मरहट्टा गोरखा नगरपालिका–१० कुन्दुरटार स्थित महेन्द्र माविका प्रधानाध्यापक समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार