• मंगलबार, भाद्र २ २०८३

बेलुकीपख चट्याङसहित असिना-पानी पर्ने सम्भावना छ, सजग रहौंः मौसमविद्


आइतबार, बैशाख ७ २०७७
780
Shares

आज (आइतबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी/चट्याङसहित असिना-पानी पर्ने सम्भावना रहेकाले होसियार रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज देशका पहाडी भेगका केही स्थान तथा तराईका पनि एक/दुई ठाउँमा हावाहुरी/चट्याङसहित असिना पानी पर्ने सम्भावना छ।

मौसमविद् वरुण पौडेलका अनुसार आज बेलुकीपख विशेषगरी पोखरा, काठमाडौं, धनकुटालगायत ठाउँका पहाडी भेगमा हावाहुरी आउने, चट्याङसहित असिना पानी पर्ने सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार