• शुक्रबार, भाद्र २६ २०८३

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु


आइतबार, भाद्र २६ २०७९
1.1K
Shares

चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ।

मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन्।

हिजो शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो।

शनिबारदेखि हराएका अधिकारी आज बिहान मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार