• सोमबार, साउन २५ २०८३

आफ्नै गीतमा अभिनय गर्दै मदनकृष्ण श्रेष्ठ (भिडिओ)


आइतबार, भाद्र २६ २०७९
765
Shares

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आफ्नो नयाँ गीत ‘माया रोपे माया फल्छ’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।

गीतकार प्रमोद भट्टराई ‘प्रतिक’ द्वारा रचना गरिएको उक्त गीतलाई कृति न्यौपाने (दिवाकर शर्मा) ले संगीतबद्ध गरेका छन्। पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन्।

यो गीतमा कलाकार मदनकृष्ण श्रेष्ठको सुमधुर स्वरमा मात्र होइन, यसको म्युजिक भिडिओमा उनी आफैंले अभिनय गरेका छन्।

निर्देशक कृष्णदेव रुपाखेतीद्वारा निर्देशित पारिवारिक जीवनशैली झल्किने यो गीतको म्युजिक भिडिओमा कलाकार श्रेष्ठले जीवन्त अभिनय गरेका छन्।

अभिनयमा उनलाई निक शर्मा, रिचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले साथ दिएका छन्।

उत्सव दाहालद्वारा छायांकन गरिएको यो गीतको भिडिओलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडिओमा सुनील क्षेत्रीको कोरियोग्राफी छ। ओएसआर डिजिटल यूट्युब च्यानलबाट यो भिडिओ सार्वजनिक भएको हो।

यो गीतको भिडिओका निर्देशक कृष्णदेव रुपाखेतीले भिडिओमा एउटा पारिवारिक कथावस्तुलाई समावेश गरेका छन्। निर्देशक रुपाखेतीले देशकै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो भिडिओमा अभिनय गराउन पाउँदा जीवनका सबैभन्दा ठूलो महत्व उपलब्धिको रुपमा लिएका छन्।

‘यो म्युजिक भिडिओ सार्वजनिकपछि कलाकार मदनकृष्ण श्रेष्ठ खुशी भएर निर्देशक लगायत सम्पूर्ण टिमलाई वधाइ तथा शुभकामना व्यक्त गरेका छन्। निर्देशक रूपाखेतीका अनुसार मदनकृष्ण श्रेष्ठ आफैंले गाएका गीतका भिडिओमा विरलै अभिनय गरेका छन्।

हेर्नुहोस् भिडिओ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार