• सोमबार, साउन ११ २०८३

बुङ्कोटमा भएको निशुल्क स्वास्थ्य शिविरमा दुईसय बढि लाभान्वित


आइतबार, भाद्र २६ २०७९
1.4K
Shares

गाेरखा । बुङ्कोटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शहिदलखन गाउपालिका ८ मैलुङको रामेश्वरी माध्यमीक बिध्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न सम्पन्न भएको हो ।

लायन्स क्लब अफ अब्बल भ्यालि र लियो क्लब अफ अब्बल भ्यालिको आयोजनामा स्वास्थ्य सिविर सञ्चालन गरीएको थियो । शनिबार शहिदलखन गाउपालिकाको आथिक सहयोग, शहिदलखन ८ र रोट्रयाक्ट क्लब अफ गोरखाको समन्वय तथा फीजिसियन फर सोसर रेस्पोनसिबिलिटिको प्राबिधिक सहयोगमा स्वास्थ सिविर सम्पन्न भएको हाे ।

शिविरमा २ सय ४८ जनाले स्वास्थ्य परीक्षण गराउनुको साथै निःशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष बासु देब ढकालले बताए । स्वास्थ्य शिविरमा टिचिङ अस्पतालका डा.बिनय पङगेनी, डा.लोकराज कट्ट्ल, डा.कौसल काफ्ले लगाएतका डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा कान, नाक, घाटी हाडजोनि, मुटु स्वासप्रश्वास, जनरल फिजिसियन सम्बन्धी बिरामीहरुको जाँच तथा उपचार गरेका थिए ।

No description available.
May be an image of 11 people, people sitting and people standing

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार