• शनिबार, साउन ९ २०८३

अनाधिकृत रुपमा गोरखा प्रवेश गरे अनिवार्य क्वारेन्टिनमा राखिने


आइतबार, बैशाख ७ २०७७
895
Shares

qarentine Gorkha

गोरखा । अनाधिकृत रुपमा गोरखा नगरपालिका प्रवेश गर्ने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राखिने भएको छ ।

शनिबार सुचना प्रकाशित गर्दै गोरखा नगरपालिकाले अनाधिकृत रुपमा नगरक्षेत्रमा प्रवेश गर्ने जो कोहीलाई पनि अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने बताएको हो ।

कोरोना भाइरसको रोकथाम तथा न्यूनिकरण गर्न भन्दै नगरपालिकाले बैशाख ७ गतेदेखि यो निर्णय कार्यान्वयन गरिने जनाएको छ ।

गोरखा नगरपालिकाले यसअघि नै वडा नम्बर १० स्थित मनकामना बहिरा आवासिय विद्यालयमा ५१ बेड र १३ नम्बरको गोरखकाली रबर उद्योग हाताभित्र १० वेडको क्वारेन्टिन स्थापना गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार