• सोमबार, साउन २५ २०८३

लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुनकाे उपाधी सेनाका तामाङलाई


आइतबार, भाद्र २६ २०७९
1.1K
Shares

गोरखा । लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुनकाे उपाधी नेपाली सेनाका तिर्थबहादुर तामाङले जितेका छन् ।

३ घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै शनिवार गोरखामा भएको म्याराथुन दौडमा नेपाली सेनाकाे भबानी दल गणका जमदार तामाङ पहिलाे भएका हुन्। ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार दोस्रो खुल्ला म्याराथुन दौड २०७९’ मा सहभागी ९३ जनालाई पछि पार्दै तामाङ उपाधी उचाल्न सफल भएका हुन् । उनले नगद एक लाख ५० हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाएका छन् ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेना रिपुमर्दन गणको आयोजनामा भएको प्रतियोगितामा तीन घण्टा १२ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै भारतीय सेनामा कार्यरत अनिश थापा मगर दोस्रो भए । उनले नगद एक लाख पुरस्कार पाएका छन् । एक मिनेट १६ सेकेन्डको अन्तरले उनी उपबिजेता भए ।

नेपाली सेनाको बरख गणका मोहनदेव जोशीले तीन घण्टा १५ मिनेट १५ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए । उनले नगद ७५ हजार पाएका छन् ।

चौथो र पाँचौ भएका चण्डिप्रसाद गणका देबराज महत्तरा र भिमकाली गणका गोबिन्द कार्कीलाई क्रमस ५० र ३५ हजार पुरस्कार प्रदान गरियो । १० जना भित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ ।

इतिहासको प्रर्वद्धन गर्न एकिकृत ट्रेलको रुपमा बिकास गर्न नेपाली सेनाको शक्रियतामा सिरानचोक गाउँपालिका, पालुङटार र गोरखा नगरपालिकाले विसं २०७६ देखि यो म्याराथुन सुरु गरेका हुन् । 

मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, पालुङटार नगरपालिकाका प्रमुख बिवस चिन्तन, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ लगायतले मन्तब्य राखेका थिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार