• सोमबार, भाद्र १ २०८३

देशभर थपिए १५२ कोरोना संक्रमित, दुईको मृत्यु


शुक्रबार, भाद्र २४ २०७९
885
Shares

पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो। 

३ हजार २९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

एक हजार १८६ जनाको पिसिआर र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २४४८ जना सक्रिय संक्रमित छन्।

१३३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार