• सोमबार, साउन २५ २०८३

फ्राइडे रिलिज: हलमा ‘ऐना झ्यालको पुतली’सहित ४ फिल्म


शुक्रबार, भाद्र २४ २०७९
900
Shares

आज शुक्रबार हलमा दुई नेपाली र दुई भारतीय फिल्म प्रदर्शनमा आएका छन्।

नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’, बलिउड फिल्म ‘ब्रह्मास्त्र’ र दक्षिण भारतीय फिल्म ‘सीता रमम’ प्रदर्शनमा आएका हुन्।

सुजित बिडारीको लेखन तथा निर्देशन फिल्म ‘ऐना झ्यालको पुतली’ मा एक बालिकाले माध्यमिक विद्यालय पढ्न गरेको संघर्षलाई देखाइएको छ। फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, क्षितिज लिम्बु, मल्लिका श्रेष्ठ लगायतको अभिनय छ। 

प्रदीप शाहीले निर्देशन गरेको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जिवनीमा आधारित छ। फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायत कलाकारको अभिनय छ।

अयान मुखर्जीले निर्देशन गरेको फिल्म ‘ब्रह्मास्त्र पार्ट १’ आजबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ। यो फिल्म सुपर पावरमा आधारित छ। फिल्ममा रणवीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोयलगायत कलाकारको अभिनय छ। यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडसहित पाँच भाषामा प्रदर्शन भएको छ।

हनु राघवपुडीले निर्देशन गरेको दक्षिण भारतीय फिल्म ‘सीता रमम’मा दुलकर सलमान, मृणाल ठाकुर, रश्मिका मन्दनालगायत कलाकारको अभिनय छ। दक्षिण भारतमा यो फिल्म ५ अगस्टमा प्रदर्शन भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार