• सोमबार, साउन २५ २०८३

नेपालकाे ईतिहास हेर्न गाेरखा आउनेकाे संख्या बर्षेनी बढ्दाे


शुक्रबार, भाद्र २४ २०७९
1.1K
Shares

सुदिप श्रेष्ठ

गोरखा । गोरखा सङ्ग्रालयमा नेपालको इतिहास बुझ्न र हेर्न आउने पर्यटकको सङ्ख्या बर्षेनी बढ्दै गएको छ ।

नेपालको शाहबंशी राजाहरुको इतिहास बुझ्न र नेपाल एकीकरणमा प्रयोग भएका हात हतियारहरु हेर्न आउनेको सङ्ख्या बर्षेनी बढेदै गएको गोरखा दरबार सङ्ग्रालयले जनाएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा ७५ हजार पाँच सय ४८ जनाले संग्रहालयको अवलोकन गरेका थिए भने आर्थिक वर्ष ०७७/७८ मा भने कोभिड महामारीका कारण संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक घटेर ३३ हजार २ जनाले मात्र संग्रहालय अवलोकन गरेका थिए । आथिर्क बर्ष ०७७/७८को तुलनामा ०७८/ ०७९ मा संग्रहालय अवलोकन गर्न आउने आगन्तुकको सङ्ख्या ह्वात्तै बढेको छ ।

गत आर्थिक बर्ष २०७८/०७९ मा ७६ हजार ३ सय २८ जनाले सङ्ग्रालय अबलोकन गरेको सङ्ग्रालयको प्रमुख नवराज अधिकारीले बताए । उनका अनुसार भदौमा ६ सय ९९ जना, असोजमा ३ हजार ७ जना, कात्तिकमा ७ हजार ८ सय ९१ जना, मंसिरमा १४ हजार ९ सय ५२ जना र पुसमा ११ हजार ५ सय ७३ जनाले संग्रहालय अवलोकन गरेका थिए ।

यसैगरी, माघमा ३ हजार ९ सय ९४ जना, फागुनमा ६ हजार ४ सय ३३ जना, चैतमा ८ हजार ६ सय ३१ जना, वैशाखमा ८ हजार १ सय ३ जना, जेठमा ६ हजार ८ सय ३जना र असारमा चार हजार दुई सय ४२ जनाले संग्रहालयको अवलोकन गरेको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए ।

अबलोकन गर्ने मघ्य २६ हजार १ सय ५२ जना नेपाली बिध्यार्थिले अबलोकन गरेका थिए भने उनिहरुबाट २ लाख ६१ हजार ५ सय २० रुपैया राजस्व सङ्कलन भएको छ भने ४९ हजार ८ सय नेपालिहरुले अबलोकन गर्दा १२ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ । त्यस्तै सार्क मुलुकबाट ५९ जनाले अबलोकन गरेका थिए भने २९ सय ५० रुपैया राजस्व सङ्कलन भएको छ । सार्क मुलुकबाहेकका ३ सय १७ जनाले अबलोकन गर्दा ३१ हजार ७ सय राजस्व सङ्कलन भएको अधिकारीले बताए ।

नेपालिले सङ्ग्रालयमा म्युजिक भिडियो र फील्म छ्याङकन गरेबापत २०० को दरले १३ वटाको उक्त भिडियो बापत २६ सय राजस्व तिरेको छ । सार्क राष्ट्रका २४ जनाबाट दुई सयका दरले ४८ हजार र संग्रहालय परिसरभित्र विभिन्न म्युजिक भिडियो र फिल्म छायांकन गरेबापत एक हजार रुपैयाँका दरले पाँचजनाबाट पाँच हजार रुपैयाँ राजस्व संकलन भएको छ । संग्रहालयवरिपरि पसलहरू भाडामा दिएबापत एक लाख ६ हजार पाँच सय रुपैयाँ संकलन भएको छ ।

कुल १६ लाख ६८ हजार पाँच सय ७० रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । आर्थिक वर्ष ०७६/७७ मा ७५ हजार पाँच सय ४८ जनाले संग्रहालयको अवलोकन गरेका थिए । आर्थिक वर्ष ०७७/७८ मा भने कोभिड महामारीका कारण संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ह्वात्तै घटेर ३३ हजार दुईजनाले मात्र संग्रहालय अवलोकन गरेका थिए ।

आथिर्क बर्ष ०७७/७८को तुलनामा ०७८/०७९ मा संग्रहालय अवलोकन गर्न आउने आगन्तुकको सङ्ख्या ह्वात्तै बढेको छ । तत्कालिन गोरखा राज्यको क्षेत्रमा रहेको ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्किृतिक दृष्टिले महत्व राख्ने सामाग्रीहरुको खोजी, सङ्कलन, संरक्षण, र प्रर्बदन गरी शिक्षा प्रदान गर्ने सङ्ग्रालयको मुख्य उदेश्य रहेको छ ।

‘आगामी आर्थिक बर्षमा ग्यालरी बिस्तारको योजना रहेको छ’ उनले भने, ‘ऐतिहासिक स्मारक स्थलको मापदण्डको पालना गर्दै गोरखाको एैतिहासीक सांकृतिक सम्पदाको संरक्षण र पर्यटक प्रर्बधनमा महत्व पुग्ने खालका कार्यक्रमहरु स्रग्रालय परिसरमा तोकीएको स्थानमा गर्न दिईने गरी कार्यबिधि बनेको छ ।´

संग्रहालय परिसरमा पृथ्वीनारायण शाह सङ्ग सेल्फी

पृथ्वीनारायण शाहको पहिरनमा गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठसङ्ग अब दिनहुँ संग्रहालय परिसरमा तस्बिर र सेल्फी खिच्न पाउने छन् । कालो दौरा-सुरुवाल, कम्मरमा खुकुरी र ढाल, टाउकोमा श्रीपेचसहित सजिएका श्रेष्ठसङ्ग संग्रहालय पुग्ने आगन्तुकले तस्बिर लिँदा शुल्क तिर्नुपर्ने हुन्छ । समितिले विद्यार्थी र स्थानीयलाई २० रुपैयाँ, पर्यटकलाई ५० रुपैयाँ साथै सामूहिक तस्बिर लिएको १०० रुपैयाँ शुल्क तोकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार