गोरखा । गोरखा नगरपालिकाका महिला स्वास्थ्य स्वयम सेविकालाई कपडाकाे सेनिटरी प्याड बनाउने तालिम दिइएकाे छ ।
एसियन कलेज अफ एड्फान्स इष्टडिज र सिस्टरहुड नेपाल नामक संस्थाकाे आयाेजनामा स्वास्थ्य स्वयम सेविकालाई कडाकाे प्याड बनाउन सिकाइएकाे हाे ।
गोरखा नगरपालिका ८ काे रानीश्वाँरा स्वास्थ्य चाैकीमा आयाेजना गरिएकाे तालिममा १७ जनाकाे सभागिता रहेकाे सिस्टरहुड नेपालकी सचिव सिमा चाैधरीले जानकारी दिइन् ।

तालिमका घरमै कपडाकाे सुरक्षित सेनिटरी प्याड कसरी बनाउन सकिन्छ भन्ने विषयमा सहभागीलाई प्रयाेगात्मक प्रशिक्षण दिइएकाे चाैधरीले बताइन् ।
तालिमकै क्रममा महिनावारी स्वच्छता सम्बन्धी जागरुकता तथा स्तनपानका बारे समेत जानकारी गराइएकाे थियाे ।
तालिममा रानीश्वाँरा स्वास्थ्य चाैकीका इन्चार्ज विष्णु थापा, सिस्टरहुटका पुनम भट्ट ललिता अवाल लगायतले प्रशिक्षण गराएका थिए ।
