• सोमबार, साउन २५ २०८३

२५ भदौमा भृकुटीमण्डपमा ‘दराज महोत्सव’ आयोजना हुने


बिहिबार, भाद्र २३ २०७९
655
Shares

नेपालको अग्रणी अनलाइन बजार दराजले २५ भदौमा काठमाडौंको भृकुटीमण्डपमा ‘दराज महोत्सव’ आयोजना गर्ने भएको छ ।

कम्पनीका अनुसार दराजका ग्राहकहरूसँग सम्बन्ध प्रगाढ बनाउनका लागि दराज महोत्सव आयोजना गर्न लागिएको हो ।

दराज महोत्सवमा सांगीतिक कार्यक्रम, अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाका लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ।

दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले ग्राहकलाई प्राथमिकतामा राखेर दराज महोत्सव आयोजना गर्न लागिएको भन्दै यो महोत्सव एउटा पारिवारिक कार्यक्रम हुने बताए । यो महोत्सवमा सबै उमेर समूहलाई समेट्ने गरी विभिन्न गतिविधिहरु सञ्चालन गर्ने प्रयास भइरहेको भन्दै उनले बढीभन्दा बढी सहभागिताका लागि इन्ट्रि फि निशुल्क गरिएको बताए ।

कम्पनीका अनुसार दराज महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार