

गोरखा । गोरखामा बिश्व साक्षरता दिवसको अबसरमा प्रभात फेरी कार्यक्रम गरीएको छ ।
बिहिवार गोरखाको रोटेरी चोक देखी हरमटारी, बसपार्क हुदै सङ्ग्रालय सम्म प्रभात फेरी कार्यक्रम गरीएकाे हाे ।

रोटरी क्लव अफ गोरखा, रोटरी क्लब अफ बज्र मनास्लु, गोरखा नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई गोरखा, रोट्रयाक्ट क्लब अफ गोरखा, रोट्रयाक्ट क्लब अफ बज्र मनास्लु, इन्टरयाक्ट क्लव अफ ओल्ड क्यापिटलको आयोजनामा कार्यक्रम भएको हो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख विष्णु प्रसाद भट्टराई जिल्लाको शिक्षाका बारेमा जानकारी गराएका थिए । संस्थाले विगतमा पनि जिल्लाका विभिन्न विद्यालयहरुमा गएर शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको रोटरी क्लवका अध्यक्ष कृष्ण ढकालले बताए ।

उक्त कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्ष पवन रमन खनाल, आयोजक क्लबका अध्यक्ष र अन्य संघ संस्थाका अध्यक्षकाे पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रोटरी क्लवका सचिव अन्जनबाबुखत्रीले गरेका थिए ।



