विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् ।
अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।१५ लाख ७३ हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था चिन्ताजनक छ ।
पछिल्लो २४ घण्टाको अविधिमा ६ हजार ५०५ जनाको ज्यान गएको छ । ८१ हजार २८७ नयाँ संक्रमित फेला परेका छन् ।
अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।
अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् । १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख ३१ हजार ४१७ जना उपचाररत छन् ।
कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो ।