
छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज बिहीबार नेपालमा पनि मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने नाराका साथ आदर्श वाक्य तय गरेको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा बिहीबार सार्वजनिक दिएको छ ।
युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।


