• सोमबार, साउन २५ २०८३

निजामती सेवा दिवसको अवसरमा गोरखामा वृक्षारोपण


बुधबार, भाद्र २२ २०७९
1.2K
Shares

गोरखा । गोरखामा निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरी मनाइएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा कर्मचारी मिलन केन्द्र गोरखाको सहयोगमा १९ औँ निजामती सेवा दिवस मनाइएको हो ।

‘व्यवसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने नारा सहित दिवस मनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । कार्यक्रममा अवसरमा गोरखा संग्रहालय परिसर भित्र वृक्षारोपण गरिएको थियो ।

संग्रहालय भित्र सिरखण्ड, कपुर, फलफुल लगायतका विभिन्न जातका ६५ वटा भन्दा बढी बोटविरुवा रोपिएको उनले बताए । २०१३ साल भदौ २२ गते नेपालमा पहिलोपटक निजामती सेवा ऐन आएको अवसरमा पारेर २०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जनताको मन जित्ने गरी काम गर्न सबै कर्मचारीहरुलाई आग्रह गरेका थिए । जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक बहादुर कोइरालाले कविता बाचन गरेका थिए ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष शारदा प्रसाद भट्टराई, कर्मचारी मिलन केन्द्रका अध्यक्ष केशव देवकोटा मन्तव्य राखेका थिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम कर्मचारी मिलन केन्द्र, नेपाल कर्मचारी संगठन, नेपाल निजमाती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, नेपाल एकीकृत सरकारी कर्मचारी संगठन लगायतका प्रतिनिधि, सुरक्षा निकाय लगायतका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार