• सोमबार, साउन २५ २०८३

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?


बुधबार, भाद्र २२ २०७९
715
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ४ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२७ रुपैयाँ १८ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३४ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ४६ रुपैयाँ ८३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३२ पैसा र बिक्रीमा २८ रुपैयाँ ४५ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ६ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ६५ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार