
नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका छन् ।
बाल यौन दुरुपयोगको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।



अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले अनलाइनखबरलाई जानकारी दिए ।
‘फैसलाको पूर्णपाठ आउने वित्तिकै हामी उच्च अदालतमा जान्छौं । जाहेरी दिने तयारी अवस्थामा छौं,’ वाग्लेले भने ।
यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।


