• सोमबार, साउन २५ २०८३

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


बुधबार, भाद्र २२ २०७९
825
Shares

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ ।

मंगलबार सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सयर चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार