• सोमबार, साउन २५ २०८३

सन्दीपको विषयमा छलफल गर्न क्यानको आकस्मिक बैठक बस्दै


बुधबार, भाद्र २२ २०७९
655
Shares

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ। 

सन्दीपका विषयमा समाचारहरु बाहिरिएपछि आजै बैठक बसेर यसबारे निर्णय लिने तयारीमा रहेको क्यानले जनाएको छ। 

सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ। 

सो बारेमा छलफल गर्न क्यानको बैठक बस्न लागिएको हो। 

काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार