• सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण


मंगलबार, भाद्र २१ २०७९
905
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९ सय ८१ पिसिआर परीक्षणका क्रममा १ सय ७७ जना र २ हजार ६ सय ९ एन्टीजेन परीक्षणका क्रममा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल नेपालमा २ हजार ४ सय ५७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार