• सोमबार, साउन २५ २०८३

वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडरमा पूर्णिमा श्रेष्ठ


मंगलबार, भाद्र २१ २०७९
850
Shares

काठमाडाैं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको बताएकाे छ ।

आइतबार आयोजित एक समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन् ।

यसअघि सगरमाथासहित नेपालको ८ हजार मिटरभन्दा माथि उचाइका ७ ओटा हिमालहरू चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछिन् ।

कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरेका छन्, जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराउने छिन् ।

गोर्खाको आरुघाट– ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित छिन् । उनी पेसाले फोटो पत्रकार हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार