• सोमबार, साउन २५ २०८३

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक


मंगलबार, भाद्र २१ २०७९
835
Shares

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत २०७८ चैत १५ गते र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  प्रदेश–१ मा ६१ सिटको लागि लिइएको परीक्षामा ७० जना पास भएका छन् । विषयगत लिखित परीक्षामा ११६ जना सम्मिलित थिए । 

त्यस्तै मधेश प्रदेशबाट ३२ सिटका लागि लिइएको परीक्षामा २३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा २६ जना मात्र सहभागी थिए ।  त्यस्तै बागमती प्रदेशमा ३६ सिटका लागि लिइएको परीक्षामा ३४ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा ४७ जना सहभागी थिए । 

गण्डकी प्रदेशमा ५५ सिटका लागि लिईएको परीक्षामा ५२ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । विषयगत लिखित परीक्षामा ७९ जना सहभागी थिए । लुम्बिनी प्रदेशमा २० सिटका लिइएको लिखित परीक्षामा २२ जना मात्र अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा ४२ जना सहभागी थिए । 

कर्णाली प्रदेशमा ९ सिटका लागि लिइएको परीक्षामा ७ जना मात्रै अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । लिखित परीक्षामा १३ जना सहभागी थिए ।  त्यस्तै सुदूरपश्चिम प्रदेशमा १९ सिटका लागि लिइएको परीक्षामा २१ जना मात्रै अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । विषयगत लिखित परीक्षामा ५५ जना सहभागी भएका थिए ।

२३२ सिटका लिइएको विषयगत लिखित परीक्षामा २२९ जना मात्रै अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा सहभागी ३७५ जना मध्ये १४६ जना फेल भएका छन् । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३९ प्रतिशत उम्मेदवार फेल भएका छन् । 

लिखितमा पास भएका उम्मेदवारको लागि अन्तर्वार्ता असोज २५ र २६ गते हुनेछ । लिखित परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले भदौं २७ गतेभित्र ५०० रुपैयाँ राजश्व दस्तुर तिरेर निवेदन दिन सकिने आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार