• सोमबार, साउन २५ २०८३

बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ खरिद–बिक्री ?


मंगलबार, भाद्र २१ २०७९
585
Shares

मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो। 

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला दश रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार