• सोमबार, साउन २५ २०८३

भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा


सोमबार, भाद्र २० २०७९
755
Shares

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

दशैं आउन २० दिन बाँकी रहँदा राष्ट्र बैंकले भदौ २९ गतेदेखि  सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने व्यवस्था मिलाइरहेको छ। 

बैंकहरूले भदौ २६ गते नयाँ नोट पाउने छन्। सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्।  

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्। 

बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्। 

दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। 

गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो। 

पछिल्लो समय डिजीटल्ली रकम ट्रान्सफर गर्न सकिने भएसँगै कतिपयले दशैंमा समेत यो प्रणालीको प्रयोग बढाउन जोड दिनुपर्ने बताइरहेका छन्। 

बैंकिङ प्रणालीबाट पैसा बाहिरिएको करिब पाँच वर्षमा पुराना भएर फर्किने गरेको राष्ट्र बैंकको अनुमान छ। 

चलनचल्तिमा रहेका पाँच रुपैयाँ र १० रुपैयाँको नोट धेरै चाडो पुरानो हुने गरेको छ। यस्ता नोटको आयु लगभग तीन वर्षको मात्रै हुनेगर्छ।

राष्ट्र बैंकले हाल एक र दुई रुपैयाँका नोट निष्कासन गर्न छाडेको छ। पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा साना दरका नोटलाई सटहीमा प्रयोग गरिरहेको छ। 

कम खपत हुने पाँच सय र एक हजार दरका नोटको आयु भने सरदर पाँच वर्ष रहने गरेको छ।

हाल पाँच सय मुनिका नोट छाप्न प्रतिनोट दुई रुपैयाँ र बाँकीलाई प्रतिनोट तीन रुपैयाँ ३७ पैसासम्म लाग्ने गरेको छ। औसतमा सबै खाले मुद्रा छाप्न दुई रुपैयाँ ५० पैसा लाग्छ।

०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघिसम्म पनि नेपालमा भारतीय मुद्राको दबदबा थियो । 

नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले ०१५/१६ सालबाट दशैंमै नयाँ नोट निष्कासन र वितरण गर्न थाल्यो। 

दशैंमा अर्थतन्त्र शहरबाट गाँउतिर सर्ने भएकोले दशैंमा नयाँ नोट निष्कासन र वितरणको चलन सुरू गरिएको थियो। 

दशैंमा आम उपभोगमा पनि वृद्धि हुने भएकोले त्यति खेर यस्तो सुरूवातले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार