• शुक्रबार, भाद्र २६ २०८३

केन्याविरुद्ध नेपालको २ सय ५६ रनको लक्ष्य


सोमबार, भाद्र २० २०७९
840
Shares

घरेलु टोली केन्यासँगको तेस्रो तथा अन्तिम एक दिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले जितका लागि २ सय ५६ रनको लक्ष्य पाएको छ। 

नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५५ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि आदिल खानले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ३ विकेट लिए। 

सोमपाल कामीले २ विकेट झारे। सोमपालले आफ्नो स्पेलमा १ मेडन राख्दै ३६ रन खर्चे। 

बसिर अहमद र साहब आलमले समान १ विकेट झारे। 

केन्याका लागि कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्का हान्दै ८४ रनको सर्वाधिक योगदान दिए। लुकासले ५९ रन थपे। ओपनर सुखदिप सिंहले ३७ रन थपे। इम्यानुल बुन्डी २३ रन जोड्दा रनआउट भए। 

नेपाली टोलीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। अलराउण्डर करण केसी र पवन सर्राफको स्थानमा किशोर महतो र आसिफ शेखलाई मौका दिईएको छ। 

३ खेलको एक दिवसीय अभ्यास खेलमा नेपालले यसअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको छ। पहिलो खेल ७ विकेटले जितेको नेपालले दोस्रो खेलमा केन्यालाई १७ रनले हराएको थियो।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार