• सोमबार, साउन २५ २०८३

‘सामसङ ग्यालेक्सी ए १३’ नेपालमा सार्वजनिक 


सोमबार, भाद्र २० २०७९
960
Shares

‘सामसङ ग्यालेक्सी ए १३’ नेपालमा सार्वजनिक भएको छ।

यो फोन सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित रहेको बताइएको छ।  

यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन रहेको कम्पनीको दाबी छ।

क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।

क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मेन क्यामेरा छ। जसमा ५एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ र म्याक्रो सेन्सरहरू साथै अगाडि ८  एमपी सेन्सरहरू छन्। 

जसले तस्बिर र भिडियोहरू खिच्न धेरै सजिलो हुने बताइएको छ।

यो फोन विशेषगरी कन्टेन्ट बनाउनेहरूका लागि र नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त हुने कम्पनीले बताएको छ।

यसको १५ डब्ल्यू फस्ट चार्जिङ र ५ हजार मिलि एम्पियर ब्याट्री रहेकाले यस फोनमा ब्याट्रीहरू लामो समयसम्म टिक्न सक्छन्। 

यसको सिस्टमले प्रदान गर्ने स्टोरेज वृद्धिले यो फोन ग्राहकको लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

यो फोनको बजार मूल्य २१ हजार ४९९ रुपैयाँ रहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार