• सोमबार, साउन २५ २०८३

मानव बेचबिखन विरुद्ध ओल्ड क्यापिटलका बिध्यार्थिद्धारा जनचेतनामुलक कार्यक्रम


सोमबार, भाद्र २० २०७९
1.5K
Shares

गोरखा । मानव बेचबिखन विरुद्ध ओल्ड क्यापिटलका बिध्यार्थिहरुले जनचेतनामुलक कार्यक्रम गरेकाे छ ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवसको अबसर पारि गोरखाकाे ईन्ट्रयाक्ट क्लब अफ ओल्ड क्यापिटल माध्यमिक विद्यालयको आयोजनामा विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको हाे ।

ईन्ट्रयाक्ट क्लबको आयोजनामा भएको कार्यक्रममा रोटेरी क्लब अफ गोरखा र रोट्रयाक क्लब अफ गोरखाको सहयाेगमा आज भदौ २० गते मानव बेचबिखन विरुद्धका प्ले कार्डसहित निकालिएको र्‍यालीले गोरखा सदरमुकामकाे बजार परिक्रमा गरेको थियो । ‘संघियताको महत्वपुर्ण सार मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौ खबरदार’ भन्ने मुल नाराका साथ मानव बेचबिखन विरुद्धका र्‍याली निकालिएको हो ।

No description available.

ओल्ड क्यापिटलका बिध्यार्थिहरुले प्ले कार्डहरुमा मानब अधिकार सबैको लागि हो, मानिसहरु बिक्रीका लागि होईन, देखाउछु भन्दै बिजुलि सहर दलालले फकाउला चढाउछु भन्दै रेलगाडी मोटर पापिले छक्याउला, मानब जिबन कुनै बस्तु होईन, ठुलो सानो मानब बेचबिखन सबै अपराधनै हो जस्ता नाराहरु लगाएमा थिए ।

ईन्ट्रयाक्टको अध्यक्ष कृष्टि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रोटेरी क्लब अफ गोरखाका अध्यक्ष कृष्ण ढकाल, रोट्रयाक्ट क्लब अफ गोरखाका अध्यक्ष निरन्जन कट्टेल, रोट्रयाकका सदस्यहरु, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

No description available.
No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार