

गोरखा । नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केवलका भदौ २५ गतेबाट पुनः सञ्चालनमा आउने भएको छ ।
मनकामना दर्शन प्रालीले एक सूचना जारी गर्दै भदौ २५ गतेबाट केवलकार पुन ः सूचारु हुने जनाएको हो ।
यस अघि साउन २३ गतेदेखि केवलकारको मर्मत नसकिँदा सम्मका लागि सेवा बन्द भएकोे थियो ।
त्यस्तै केबलकार एनालग सिष्टमबाट डिजिटल सिष्टमा रुपान्तरण संगैको मर्मतसम्भार संगै स्तरोउन्नतिको कार्यका लागि ५ देखि ६ साता लाग्ने प्रारम्भिक अनुमान गरिए पनि स्तरोउन्नतिको कार्य निर्धारित एक साता अगावै सम्पन्न भएसंगै नियमित सूचारुको मिति तोकिएको प्रालिले जनाएको छ।



