• सोमबार, साउन २५ २०८३

केन्या भ्रमणमा नेपालको अन्तिम खेल आज


सोमबार, भाद्र २० २०७९
565
Shares

दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ ।

नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपाल र केन्याको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सवा १२ बजे सुरु हुनेछ ।

नेपालले केन्यालाई पहिलो एक दिवसीयमा ७ विकेटले र दोस्रो एक दिवसीयमा १७ रनले पराजित गरेको थियो ।

त्यसअघि भएको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले ३-२ ले जितेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार