• शुक्रबार, भाद्र २६ २०८३

मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि


सोमबार, भाद्र २० २०७९
780
Shares

नेपालमा मनाङ र हुम्लाबाहेक सबै ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

सबैभन्दा धेरै ललितपुर र काठमाण्डौमा डेङ्गी फैलिएको छ। ललितपुरमा कतिपय परिवारका सबै सदस्यलाई नै डेङ्गी पुष्टि भएको छ। देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ। यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाडौंमा ८ सय ८८ जना छन्।

डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।

डेङ्गीको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ। अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार