• सोमबार, साउन २५ २०८३

रेडक्रसको स्थापना दिवसमा दौड प्रतियोगिता


आइतबार, भाद्र १९ २०७९
925
Shares

गाेरखा । नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

आईतवार नेपाल रेडक्रस सोसाइटी गोरखाकाे अायाेजनामा भएकाे दौड प्रतियोगितामा गोरखा नगरपालिका १ को वडा कार्यालय स्थित अदमरेबाट सुरु भएको दौडमा गोरखा नगरपालिकाको २ आहाले भन्ज्याङ सम्मको ४ किलोमीटर दुरी कायम गरिएको थियो ।

उक्त दौड प्रतियोगितामा कुल १४ जनाको सहभागिता रहेको रेडक्रस गोरखाका सहसचिव हरी राम खनालले बताए ।

दौडमा गोरखा नगरपालिका २ का जीवन थापा मगरले १४ मिनेट ५७ सेकेण्डमा ४ किलोमिटर दुरि पार गर्दै प्रथम स्थान हासिल गरेका थिए ।

त्यस्तै गोनपा २ का अन्जन थापा मगरल १५ मिनेट १० सेकेण्डमा उक्त दुरि पार गर्दै दोस्रो स्थान हासिल गरे भने गोनपा २ कै लोक बहादुर रोकाले १५ मिनेट ४० सेकेण्डमा सो दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

त्यस्तै सान्त्वनाहुनेमा गोनपा १ का दिनेश भट्टले १५ मिनेट ५० सेकेण्डमा उक्त दुरि पार गरी सान्त्वना भएका थिए । बिजेताहरुलाई जिल्ला समन्वय प्रमुख एदुबिलास भटराईले प्रथम, द्धतिय, तृतिय हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १ हजारनगद प्रदान गरेका थिए ।

उक्तकार्यक्रममा गोनपा १ का वडाध्यक्ष हिक्मत बहादुर कुवर, वडा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार