• सोमबार, साउन २५ २०८३

३१ भदौमा रिलिज हुँदै फिल्म ‘ए पिक्चर’


आइतबार, भाद्र १९ २०७९
755
Shares

३१ भदौबाट सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘ए पिक्चर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका गीत तथा महत्वपुर्ण दृश्यका पाटहरु समेटिएको छ ।

विवेक गुरुङको लेखन निर्देशन रहेको फिल्मको कार्यकारी निर्माता सुश्मिता गुरुङ र मोहन माया गुरुङ हुन् । नविन गुरुङ, ओम गुरुङ, उर्मिला गुरुङ, अन्जु गुरुङ लगायतको अभिनय रहेको फिल्मको छायांकन निकोल गुरुङले गरेका हुन् ।

कास्कीको विभिन्न रमणिय स्थानहरुमा छायांकन भएको फिल्मको गीतमा अस्मिता अधिकारी, मबिन्द्र राई, प्रताप दास र ममता गुरुङको स्वर छ । फिल्म प्रेमकथामा निर्माण भएको निर्देशक विवेक गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार